नामिबियामाथि नेपालको संघर्षपूर्ण जित : एक विकेटले विजयी

नामिबियामाथि नेपालको संघर्षपूर्ण जित : एक विकेटले विजयी

काठमाडौं : ब्याटिङकै समस्या बल्झिँदा आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा जितका लागि नेपाललाई निक्कै संघर्ष गर्नु पार्यो । नेपालले बिहीबार भएको आफ्नो पहिलो खेलमा आयोजक नामिबियाविरुद्ध अन्तिम ओभरमा एक विकेटको जित हात पार्यो ।

जितसँगै नेपालले महत्वपूर्ण दुई अंक जोड्दै प्रतियोगिताको शीर्ष दुईमा रहेर डिभिजन एकमा फर्कने र सन् २०१९ को विश्व कपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने अवसर सिर्जना गरेको छ । नामिबियाको राजधानी विन्दहोइकस्थित अफिज पार्क मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा एक सय ३८ रनमै समेटेको थियो ।

जवाफमा ४९.२ ओभरमा नेपालले महत्वपूर्ण नौं विकेट गुमाउँदै जित भे­ट्टाएको हो । बसन्त रेग्मीले अन्तिम दुई ओभरमा केही ठूला सट प्रहार गरेपछि नेपालको मरिसकेको जितको आशा जिवन्त बनेको थियो । अन्तिम १२ बलमा नेपाललाई जितका लागि १६ रनको आवश्यकता थियो । चौथो बलमा छक्का प्रहार गर्दै १८ औं ओभरबाट नौं रन लिएपछि नेपाललाई अन्तिम ६ बलमा जितका लागि सात रन आवश्यक थियो ।

बसन्तले अन्तिम ओभरको पहिलो बलमा दुई रन तथा दोस्रो बलमा चौका प्रहार गर्दै नेपालको योगफल एक सय ३९ रन पुर्याएका थिए । तेस्रो बलमा एक वाईड पाएपछि नेपालको जित पक्का बनेको हो । नेपालको जितमा बसन्तले २४ बलमा अबिजित २४ रनको योगदान दिए । उनले आफ्नो पालिमा एक छक्का र दुई चौका प्रहार गरे ।

त्यसअघि सुरुवातबाटै विकेट गुमाउँदा नेपाललाई जित निक्कै मुस्किल बनेको थियो । प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरको पहिलो बलमै डक आउट हुन पुगे । दिलीप आउट हुँदा नेपालको खातामा मात्र एक रन थियो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का (१९) ले अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल (१५) सँग मिलेर दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गर्दै नेपाली टोलीको पालि सम्हाल्ने प्रयास गरेका थिए ।

यद्यपि १२.२ ओभरमा कप्तान पारस क्रेग विलियम्सद्धारा बोल्ड भएपछि नेपालको विकेट पतन फेरि सुरु भयो । कप्तान पारसपछि क्रिजमा आएका आरिफ शेख पनि बिना रन पभेलियन फर्किए । त्यसपछि लगत्तै अर्काे ओभरमा उप्कप्तान ज्ञानेन्द्र पनि आउट हुन पुगे । १३औं ओभरमा कप्तान पारस, १४ औं ओभरमा आरिफ तथा १५ औं ओभरमा उप कप्तान ज्ञानेन्द्रलाई लगातार गुमाउदा नेपाल संकटमा देखिएको थियो ।

पाँचौ क्रममा ब्याटिङका लागि क्रिजमा छिरेका शरद भेषावकरले टिकेर खेल्दा फेरी आशा पलायो । क्रिजमा शरद र यसै प्रतियोगिताबाट डेब्यू गरेका युवा खेलाडी रोहित कुमार पौडेलको जोडी रहदा नेपाललाई निक्कै अघि लगेका थिए । ३७.१ ओभरमा शरद पनि २९ रन जोड्दै क्याच आउट भए । उनी मध्यम गतिका बलर तङ्गेनी लुङ्गामेनीको बलमा क्रेग विलियम्सद्धारा क्याच आउट हुनु पुगे ।

उनी पछि रोहीत पनि १७ रनमा आउट हुन पुगे । त्यस अघि दीपेन्द्र सिंह ऐरी ६ रन तथा करण केसी तीन रनमा आउट भएका थिए । नवौं क्रममा क्रिजमा आएका सोमपाल कामीले १३ रन जोडे । बसन्तसँगै शन्दिप एक रनमा अबिजित रहे ।

नामिबीयाका बर्नार्ड स्कोल्जले नौं ओभरमा तीन मेडनसहित मात्र ११ रन खर्चेर चार विकेट लिदा नेपाललाई जित मुस्किल बनेको हो । बलिङतर्फ नेपालले पनि शसक्त प्रदर्शन गर्यो । युवा स्पिनर शन्दिप लामिछानेले चार तथा मध्यम गतिका बलर सोमपाल कामीले तीन विकेट लिदा नामिबीया सहज योगफलमा रोकिएको थियो । नामिबीयाका लागि क्रेज विलियम्सले सर्बाधिक ४१ रन, जेन ग्रिन र जान फ्रिलिङकले समान २२ रन तथा स्टेफन बार्ड र जेजे स्मिटले समान १८ रनको योगदान दिएका थिए ।

८.२ ओभर बलिङ गरेका शन्दिपले दुई मेडनसहित १ रन खर्चेर चार विकेट लिएका थिए । सात ओभर बलिङ गरेका सोमपालले एक मेडनसहित ३५ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस बाहेक बसन्त रेग्मी, कप्तान पारस र शरद भेषावकरले एक÷एक विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।

क्यानडा र यूएईको सुखद् सुरुवात

प्रतियोगितामा क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) ले सुखद् सुरुवात गरेको छ । क्यानडाले ओमानलाई आठ विकेटले पराजित गर्यो । यूएईले भने केन्यालाई दुई सय १८ रनको भारी अन्तरले पराजित गर्यो । अंक तालीकामा क्यानडा पहिलो, यूएई दोस्रो तथा नेपाल तेस्रो स्थानमा पुगेको छ । यस्तै नामिबीया चौथो, केन्या पाँचौ तथा ओमान छैटौं स्थानमा छन् ।

नामिबियाले दिएको लक्ष्य पछ्याउँदै नेपाल (फोटोफिचर)  :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.