सन्दीप लामिछानेको प्रशंसामा दिल्लीले यसो भन्यो
काठमाडौँ: आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग टोली दिल्ली डेयर डेभिल्सले आफ्ना खेलाडी सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेको छ ।
नामिबियाविरुद्धको खेलमा नेपालका १७ वर्षीय लेग स्पिनर नामिबियाविरुद्धको खेलमा ८.२ ओभर बलिङ गर्दै सर्वाधिक चार विकेट लिन सफल भएपछि दिल्लीले उनको खुलेर प्रशंसा गरेको हो ।
पढ्नुस्: नामिबियामाथि नेपालको संघर्षपूर्ण जित : एक विकेटले विजयी
नामिबियाविरुद्ध नेपालले १ विकेटको संघर्षपूर्ण जितमा सन्दीप ४ विकेट लिएर लामिछने र ३ विकेट लिँदै सोमपाल कामी चम्किएका थिए ।
दिल्लीले २० लाख भारुमा सन्दीपलाई अनुबन्ध गरेको दिल्लीले आईपीएल अक्सनबाट किन्दा पनि उनको क्षमता हेरेरै भित्र्याइएको जनाएको थियो ।
बिहीबार नामिबियाविरुद्धको खेलमा नेपालले १ विकेटले जितेको छ। दिल्लीले आफ्नो ट्विटर एकाउन्टमार्फत सन्दीपको खुलेर प्रशंसा गरेको हो ।
Nepal's first game of the ICC World Cricket League Division 2, and @IamSandeep25 produced a brilliant spell to bundle Namibia up for 138.#DilDilli pic.twitter.com/EQhMcV4TFe
— Delhi Daredevils (@DelhiDaredevils) February 8, 2018
'आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे', दिल्ली डेयर डेभिल्सले ट्विट गर्दै भनेको छ ।
पढ्नुस्: दिल्लीले सन्दीपलाई किन्दा माइकल क्लार्क रमाए
सन्दीप विश्वकै सर्वाधिक चर्चित र आकर्षक इन्डियन प्रिमियर लिगमा खेल्नका लागि अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै उनको चर्चा चुलिएको छ । स्पिनमार्फत बिपक्षी ब्याटसम्यानलाई आच्छु आच्छु पार्ने सन्दीपले नामिबियाविरुद्ध पनि उन्कृष्ट बलिङ क्षमता देखाएपछि दिल्लीको प्रशंसा पाएका हुन् ।
आजको खेलमा नेपालका लागि बलिङतर्फ सन्दीपले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए । त्यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १-१ विकेट लिए ।