टाटा र कियाको कन्सेप्ट कार

टाटा र कियाको कन्सेप्ट कार

टाटा एसयूभी एच ५ एक्स
भारतमा बुधबारदेखि सुरु भएको ‘अटो एक्स्पो–२०१८’ मा टाटा कम्पनीले स्पोर्ट्स युटिलिटी भेइकल (एसयूभी) ‘एच५एक्स’ र ह्याचब्याक ‘४५एक्स’को कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । टाटाले मेलामा प्रदर्शन गरेको कारको कन्सेप्टलाई आधार मान्ने हो भने यी दुई कम्पनीका अहिलेसम्मकै उत्कृष्ट र आकर्षक उत्पादन हुनेछन्।

कम्पनीका अनुसार एसयूभी ‘एच५एक्स’ ओमेगा–एआरसी प्रविधिमा निर्माण हुने पहिलो कार हुनेछ । यसलाई कम्पनीले ज्यागुअर र ल्यान्डरोबरसँग मिलेर डिजाइन गरेको बताएको छ । भारतीय बजारलाई लक्ष्य गरी निर्माण गरिएको यो कारले हुन्डाई क्रेटा र महिन्द्रा एसयूभीलाई टक्कर दिने कम्पनीको विश्वास छ।

कम्पनीले कारको बाहिरी डिजाइनलाई बढी महŒव दिएको छ । प्रदर्शनीमा चार सिटे कारको रूपमा सार्वजनिक गरेको कम्पनीले बजारमा पाँचदेखि सात सिटमा ल्याउने जनाएको छ । साथै, कम्पनीले एडवाक्स मोडुलरमा आधारित भएर ह्याचब्याक ४५एक्सको पनि कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसको सन् २०१९ सम्ममा बिक्री सुरु गरिसक्ने योजना बनाएको छ । यसले भारतीय बजारमा हुन्डाईको आई २० र मारुती सुजुकीको बलेनोलाई टक्कर दिने कम्पनीको विश्वास छ।

किया एसयूभी

दक्षिण कोरियाली गाडी निर्माता कम्पनी कियाले अटो एक्स्पोमा किया एसयूभी कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले एसयूभी कारको रूपमा यसलाई अर्को वर्ष बजारमा ल्याउने तयारी गरेको छ । कम्पनी सन् २०१९ देखि २०२१ सम्ममा कम्प्याक्ट इलेक्ट्रिक गाडीसमेत ल्याउने तयारीमा छ।

किया मोटर्स कर्पोरेसनका अध्यक्ष हान–कु पार्कले एसपी कन्सेप्ट एसयूभी भारतीय बजारलाई आधार बनाएर डिजाइन गरिएको बताए । यो कार भारतको आन्ध्र प्रदेशमा रहेको किया प्लान्टको पहिलो उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्ट निर्माणका लागि एक अर्ब डलर खर्च गरेको थियो । जसको वार्षिक क्षमता तीन लाख गाडी उत्पादन गर्ने छ । उक्त प्लान्टबाट सन् २०१९ देखि २०२१ सम्म कारका हरेक श्रेणीका गाडी उत्पादन गर्ने योजना छ।

यसअघि दक्षिण कोरिया, अमेरिका, मेक्सिको, स्लोभाकियामा रहेको प्लान्टमार्फत गाडी निमार्ण गर्दै आएको कियाका लागि भारतमा निर्माण गरिएको प्लान्टले कम्पनीलाई विश्व नेटवर्कमा जोड्न मद्दत गर्ने पार्कले बताए । उनले विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा प्रवेशका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको बताए । कियाले भारतीय बजारमा पनि सफलताको कथा कोर्ने अपेक्षा उनको छ । कम्पनीले अटो एक्स्पोमा १६ वटा उत्पादन प्रदर्शनीमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.