नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दै : १० ओभरमा एक विकेट गयो
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाको एफज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
पहिलो खेलमा एक विकेटले नामिबियालाई हराएको नेपाल आज जित्ने उच्च मनोबलका साथ मैदान प्रवेश गरेको भए पनि खराब सुरुवात गरेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको ओमान भने नेपालविरुद्ध पहिलो जित निकाल्ने दाउमा छ ।
नेपालको एक विकेट गुमिसकेको छ । नेपालले ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । अहिले ब्याटिङमा कप्तान पारस खड्का र दीलिपनाथ रहेका छन् । नेपालले १० ओभरको समाप्तीमा एक विकेटको क्षतिमा २७ रन बनाएको छ ।