प्रदेश १ एमाले संसदीय दलको नेताका लागि मतदान सुरु

प्रदेश १ एमाले संसदीय दलको नेताका लागि मतदान सुरु

विराटनगर : प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका लागि अहिले नेकपा एमाले सं‌सदीय दलको मतदान सुरु भएको छ । संसदीय दलको नेताका लागि पार्टी सचिव तथा एक नम्बर प्रदेश संयोजक भीम आचार्य र पोलिटब्युरो सदस्य तथा प्रदेश सह–सं‌योजक शेरधन राईले उम्मेदवारी दिएका छन् ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त हुने भएको हो ।

संसदीय दलको नेताका लागि शेरधन राईको उम्मेदवारीमा प्रस्तावक र समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहेका छन् ।आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.