नेपाललाई दोस्रो झट्का, दिलिप नाथ १९ रनमा आउट
काठमाडौँ: आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध कम्जोर प्रदर्शन गरेको छ । नामिबियाको एफज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा २ विकेट गुमाएको छ ।
ओपनर ज्ञानेन्द्र मल्ललाई ७ रनको स्कोरमा गुमाएको नेपालले १५ ओभरको खेल भइरहँदा दिलिपनाथलाई पनि १९ रनमा गुमाएको छ ।
नेपालले ताजा अवस्थामा १६ ओभर खेल्दै २ विकेटको क्षतिमा केबल ४२ रन मात्रै बनाउन सकेको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र आरिफ सैख रहेका छन् ।