शेरधनले भनेः गुटबाट चुनाव लड्दा दु:ख लाग्यो, मिलाएर अघि बढ्छु

शेरधनले भनेः गुटबाट चुनाव लड्दा दु:ख लाग्यो, मिलाएर अघि बढ्छु

बिराटनगरः प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेतामा विजयी भएका नेकपा एमालेका नेता शेरधन राईले पार्टीका दुवै गुटलाई मिलाएर अघि बढ्ने बताएका छन् ।

प्रदेश एकको मुख्यमन्त्री पद पक्का गर्ने क्रममा पार्टी सचिव भीम आचार्यलाई २ मतले हराएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राईले अब पार्टीलाई एकढिक्का बनाउने दाबी गरे ।

‘मलाई पनि गुटमा विभाजित भएर चुनाव लड्दा दुःख लागेको छ’, उनले भने, ‘संसदीय दलको नेता छान्न निर्वाचन प्रक्रियामा जानै पर्ने थियो । पार्टी दुई गुट छ, म अब मिलाएर जान्छु, पार्टीलाई एकढिक्का बनाएर हिँड्नुछ ।’

नेता राईले एमालेका दुई गुटले कार्यकर्तामा पनि नराम्रो म्यासेज गएको बताउँदै अब माओवादीलाई पनि मिलाउने जिम्मा भएकाले यो वा त्यो गुट भन्न नहुने जिकिर गरे । ‘अब माओवादीलाई पनि मिलाएर जानुछ’, ‘राईले भने, ‘गुट भन्दा माथि उठेर प्रदेश १ लाई समृद्ध बनाउने मिसनमा अब लाग्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.