को हुन् प्रदेश १ का भावी मुख्यमन्त्री शेरधन राई ?

को हुन् प्रदेश १ का भावी मुख्यमन्त्री शेरधन राई ?

शेरधन राई बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिएका हुन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन्। एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन्।

राईको जन्मस्थल भोजपुर सदरमुकामदेखि एक दिनको पैदल दुरीमा पर्छ। अहिले भने कच्ची सडक उनको गाउँमै पुगेको छ। सामान्य किसान परिवारमा जन्मिएका राईले विद्यालय पढ्न जाँदा बिहान बेलुका बस्तुलाई घाँस काट्नुपथ्यो।

समाजका अन्यायविरुद्ध सानैदेखि लड्न तयार हुने राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भए। ०४४ सालमा अनेरास्ववियुको प्राक सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने।

२०५४ सालमा एमाले विभाजन भयो। पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगे। त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने। २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बने। दोस्रो संविधानसभाका सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने। पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाए। राई एमालेभित्रका युवा नेतामध्ये प्रभावशाली नेता हुन्। राई एमालेको टुटफुटबाट कहिल्यै विचलित नभएका नेता हुन्। दोस्रो संविधानसभाको सदस्य हुँदा सुशासन समितिको सभापति बनेका राईले अख्तियार दुरुपयोग अनुसन्धान आगोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समेत समितिमा बोलाएर स्पष्टीकरणा सोधेका थिए । शक्तिशाली प्रमुख आयुक्त मानिएका कार्कीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय राजनीतिमा राईको चर्चा बढेको हो।

शुक्रबार दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

एमाले संसदीय दलको नेतामा विजयी भएका राईले २६ मत ल्याएका छन्। उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन्। एक मत भने बदर भएको छ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त भएको हो। संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक र समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की थिए। संसदीय दलको नेतामा विजयी राई एमाले अध्यक्ष ओलीनिकट हुन् भने पराजित आचार्य वरिष्ठ नेता झलना खनाल र माधव नेपालनिकट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.