एपीएफको संघर्षपूर्ण जित

एपीएफको संघर्षपूर्ण जित

 

सिमरा : युवा खेलाडीले भरिएको नवजनजागृति युवा क्लबविरुद्धको खेलमा विभागीय टोली एपीएफले संघर्षपूर्ण जित हात पारेको छ। सिमरा रंगशालामा शुक्रबार भएको खेलमा जनजागृतिलाई २-० गोलले पराजित गर्दै एपीएफ प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।

एपीएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।एपीएफले जित हात पार्न अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो। एपीएफका लागि रवि थिङ र रञ्जन विष्टले गोल गरे।

सुरुवातदेखि नै जनजागृतिलाई दबाबमा राखेको एपीएफ गोल गर्न चुक्दा कमजोर देखिएको थियो।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुवै गोल गर्‍यो। एपीएफले खेलमा खाता खोल्न ७२औं मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। ६२औं मिनेटमा युवराज खड्काको स्थानमा मैदान प्रवेश गरेका रवि थिङले नवीन लामाको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरे।

दोस्रो हाफमा पनि जनजागृतिले आकर्षक अवसर सिर्जना गर्न सकेन्। जनजागृतिका अधिकांश खेलाडी एपीएफको आक्रमणलाई रोक्न संघर्षरत देखिन्थे। जनजागृतिले अन्तिम समयमा रञ्जन विष्टलाई रोक्न नसक्दा खेल २-० को स्थितिमा पुग्यो। वान भर्सेस वानको स्थितिलाई सदुपयोग गर्दै म्यान अफ दी म्याच घोषित रञ्जनले गोल गरे।

खेलमा कठिन जित हात पारेको एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले टोलीको फिनिसिङ कमजोर देखिएको बताए। जनजागृतिका प्रशिक्षक मुन्ना चौधरीले अनुभवी एपीएफविरुद्ध खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए। प्रतियोगिताअन्तर्गत शनिबार आयोजक नवजनजागृति युवा क्लब र मोरङ फुटबल क्लबबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.