मन भुलाउन श्रीअन्तु

मन भुलाउन श्रीअन्तु

इलाम : श्रीअन्तुका बासिन्दा एक दशकयता स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन लागिपरेका छन्। केही वर्ष महोत्सवका शृंखला पार गरेपछि पछिल्लो समय पर्यटकका लागि अन्तु मुख्य गन्तव्यको सूचीमा पर्न थालेको छ।

कात्तिक लागेसँगै सूर्योदयको मनमोहक दृश्य हेर्न यहाँ पर्यटकको संख्या बढ्ने गर्दछ। अन्तुमा छिमेकी जिल्लासहित भारत, भुटानलगायत धेरै देशबाट पर्यटक आउने गर्दछन्। यसका अलावा होमस्टे, चियाबारीको रमाइलो तथा अन्तु पोखरीको मनमोहक दृश्यमा मन भुलाउन पनि पर्यटक आउने गरेको अन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले बताउँछन्। भन्छन्, ‘अन्तुले बर्सेनि धेरै पर्यटक आफूतिर तानिरहेको छ।’

अन्तु सूर्योदयको दृश्य हेर्न मात्र पर्यटक आउँदैनन् लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोक तथा अध्ययनका लागि पनि सयौं पर्यटक आउने गरेको आलेको भनाइ छ।

काठमाडौंबाट परिवारसहित आएका विनोदध्वज खड्काले एक रात यहीं बिताए। स्वदेश र विदेशका धेरै पर्यटकीय क्षेत्र पुगेका उनले अन्तु आइपुग्न ढिलो गरेजस्तो महसुस भएको बताए। भने, ‘होमस्टेको बास र सूर्योदयको मज्जाले ढिलै भए पनि यहाँ आउन पाएकोमा हर्षित छु।’

अन्तु आउनेमा धेरै आन्तरिक पर्यटक नै छन्। पाँचथरका रोशन बुढाथोकीले दार्जिलिङको टाइगर हिलबाट पनि सूर्योदयको दृश्य हेरेका छन्। उनी बर्सेनि अन्तु पुगेर सूर्योदयको दृश्यावलोकन गर्छन्। ‘जहिले अन्तु पुगे पनि पर्यटक भरिभराउ देख्ने गरेको छु’, उनले भने।

साना–ठूला गरी ३६ वटा होमस्टे सञ्चालनमा छन्। एउटा आकर्षक रिसोर्ट पनि हालै सञ्चालनमा आएको छ। पहिले सूर्योदयको मनमोहक दृश्य देखिने समय मात्र आउने पर्यटक हाल यातायातको सहजताका कारण अन्य महिना पनि आउन थालेको आले सुनाउँछन्।

उनका अनुसार पर्यटक बढेसँगै स्थानीयको जीविकोपार्जनमा पनि टेवा पुगेको छ। अन्तुलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारी र गैरसरकारी कार्यालयले पूर्वाधार निर्माणमा सहयोग गरिरहेको मेची पर्यटन विकास केन्द्रका कार्यक्रम संयोजक केशव द्यौरालीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.