धन्न कुस्ती खेल्छन् विचरा पहलवान (फोटो फिचर)

धन्न कुस्ती खेल्छन् विचरा पहलवान (फोटो फिचर)

भैरहवाः सरकारी बेवास्तामा परेको कुस्ती खेलप्रति तराई–मधेसका युवाको प्रेम भने झाँगिदो छ । रुपन्देहीका कुस्ती प्रेमीहरू यसलाई जोगाउन आफैँ सक्रिय भएका छन् । मधेसमा औधी रुचाइएको यो खेलप्रति स्थानीय युवा र अगुवाले चासो लिएपछि बिस्तारै लोकप्रियता बढ्दै छ ।

रुपन्देहीको सिलौटिया मेला, पोखरभिण्डीपछि यसै वर्ष छोटाकी रामनगरको मझौलीमा भइरहेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले कुस्ती त जोगाएकै छ, साथै यो खेलप्रति युवाहरू पनि दिनदिनै आकर्षित हुँदै छन् । मधेसमा मनोरञ्जनका साथै स्वास्थ्यको लागि कुस्ती खेल उत्तम मानिन्छ ।

एउटा पहलवानको इरानी दाउ र धोबी पछाड दाउले अर्को पहलवानलाई पछार्दा दर्शकदीर्घामा देखिने जोस हेर्न लायक हुन्छ । मझौलीमा भइरहेको कुस्ती हेर्न रुपन्देहीको मर्चवार, नवलपरासी र भारतका कतिपय स्थानबाट समेत दर्शकको घुइँचो लागेको छ ।

सधैँ सरकारको हेला

नेपालमै अत्यधिक रुचाइएको यो खेल सरकारी उदाशीनताले लोप हुन लागेपछि स्थानीयले आफ्नै पहलमा प्रतियोगिता आयोजना गर्न थालेका हुन् ।

भारतीय पहलवानहरूले मात्र नेपालमा कु्स्ती खेल्ने गरेपछि यो खेलको लागि केही गर्ने उद्धेश्यसहित रुपन्देहीको मझौलीका देवेन्द्र पाण्डे र जय प्रकाश यादव लगायतयले स्थानीय सहयोगमै कुस्ती प्रतियोगिता आयोजना गरिरहेका छन् ।

खेलाडीकै प्रयासमा टिक्दै कुस्ती

उनीहरूकै प्रयासमा अहिले नेपाली कुस्ती यस क्षेत्रमा टिकेको छ । नेपालमै कुस्ती हुन थालेपछि यहाँ खेलाडी उत्पादन हुन थालेका छन् भने खेलाडीको आकर्षण पनि बढिरहेको छ ।

अहिले नेपालमा बाबा केशवदास, बैजनाथ पहलवान, रुपन्देहीका राजेन्द्र सिंह, धमेन्द्र पहलवान, दाङ्गका शङ्कर थापा लगायत १२ जना बढी पहलवानहरू कुस्ती भारतसम्म जाने गरेका छन् । राजेन्द्र पहलवान र बैजनाथ पहलवान नेपालकै स्वर्ण पदक विजेता हुन् भने बाबा केशवदास अन्तर्राष्ट्रिय हुने कुस्ती प्रतियोगिताको लागि नेपालबाट प्रतिनिधित्व गर्छन् ।

पलायन पनि उस्तै

खानपिनमा विशेष ध्यान दिने कुस्ती खेलाडीहरूको नियमित आयस्रोत नहुँदा नयाँ पहलवानहरू यो खेलमा आउन चाहँदैनन् भने अनुभवीहरू
पनि विस्थापित हुने अवस्थामा छन् । दर्शक र आयोजकले दिएको पुरस्कार मात्रै खेलाडीको आम्दानीको श्रोत हो ।

भारतमा गएर अभ्यास

‘नेपालमा त कुस्तीका लागि आवश्यक खेलमैदान “अखाडा” समेत छैन । भारतको अयोध्यामा गएर अभ्यास गर्नुपरेको छड, कुस्तीका उदीयमान खेलाडी रुपन्देही ओम सतियाका धर्मेन्द्र पहलवान भन्छन्, ‘पहलवाननलाई सरकारले हेपेको छ । अभ्यासमा सरकारले हामीलाई खाने खुराक समेत दिन सक्दैन, बस्ने सुविधा र अभ्यास त धेरै परको कुरा हो ।’

यसै गरी नेपालका लागि १० भन्दा बढी स्वर्ण पदक जितिसकेका रुपन्देही मर्चवारकार राजेन्द्र सिंह पहलवानको गुनासो पनि बैजनाथसँग मिल्दोजुल्दो छ । ‘महिलाको श्रृंगार गहना भए जस्तै देशको श्रृंगार खेलाडी हुन्’, उनी भन्छन्, ‘खेलाडीको संरक्षण गर्न सरकारले ध्यान दिनुपर्छ । युवाहरूलाई कुलतबाट जोगाउने सशक्त माध्यम खेलकुद हो भन्ने सरकारले बुझ्न सकेको छैन ।’

न खुराक न अखाडा

रुपन्देहीमै कुस्तीको राम्रो सम्भावना छ । यहाँ राष्ट्रिय र अन्तराष्ट्रियस्तरका प्रशिक्षक समेत छन् , सरकारले उनीहरूलाई परिचालन गर्नुपर्ने खेलाडीहरू बताउँछन् ।

पहलवानहरूलाई सरकारले नियमित आयको व्यवस्था गर्नुपर्ने उनको माग छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताको बेला मात्र सरकारले केही महिनाका लागि भत्ता दिने गरेको छ । अन्य समयमा केही नदिँदा पहलवानले चाहिने खुराक समेत खान पाउँदैनन् ।

खेलाडी सबै बेरोजगार

नेपालबाट खेलेर दर्जनौँ स्वर्ण पदक ल्याएका अन्तर्राष्ट्रिय खेलाडी बाबा केशव दास पहलवानसँग पनि यी खेलाडीको जस्तै पीडा छ । सरकारले कुस्ती खेलाडीलाई उत्प्रेरित गर्न नसकेको उनको आरोप छ । भारतमा कुस्ती खेलमा राम्रो गर्नेलाई सरकारी निकायले जागिरका लागि खोसाखोस गर्ने गरेका छन् ।

त्यहाँका पहलवानलाई खानादेखि अभ्यास तथा अन्य सबै व्यवस्था सरकारी निकायले गरेको हुन्छ । त्यस कारण भारतका पहलवानहरु ढुक्क भएर कुस्तीमा लागेका छन् । नेपालमा भने अवस्था उल्टो रहेको उनले बताए ।

आफ्नै अखाडा चलाइरहेका केशवदासले सरकारबाट कुनै सहयोग नपाएको बताए । कुस्ती खेलाडीहरू शारीरिक रूपमा बलियो भएकोले सरकारले सेना प्रहरीमा लिए अपराध नियन्त्रणमा सहयोग पुग्ने उनको दाबी छ ।

नेपालको तराईमा प्राचीन समयदेखि खेलिँदै आएको कुस्ती बाबा केशवदास जस्ता केही पहलवानले गर्दा मात्र धानिएको छ । तर सरकारले भने कुस्ती जोगाउन चासो समेत दिएको छैन ।

प्राचीन खेल जोगाउनै गाह्रो

रुपन्देही कुस्ती सङ्घका अध्यक्ष रामचन्द्र ठाकुरले मझौलीमा जस्तै अन्य क्षेत्रमा पनि कुस्तीको आयोजना गरी यसप्रति खेलाडीलाई आकर्षित गर्ने योजना रहेको बताए । तर राष्ट्रिय खेलकुद परिषद् र खेलकुद विकास समितिको उदाशीनताका कारण खुम्चिएर बस्नु परेको गुनासो उनले गरे ।

शुक्रवार मझौलीमा आयोजित कुस्ती हेर्न भारतीय कुस्ती सङ्घका राष्ट्रिय अध्यक्ष रामआश्रे पहलवान समेत आए । ‘पौराणिक कालदेखि खेलिँदै आएको कुस्तीले युवालाई स्वस्थ त बनाउँछ नैड, उनले भने, ‘उनीहरूलाई कुलतबाट फस्न पनि यसले जोगाउँछ । भारतमा मात्रै व्यवस्थित रूपमा कुस्ती हुन्छ । नेपालमा पनि यसको सरकारबाटै संरक्षण हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.