एन्फा अध्यक्षमा शेर्पाको उम्मेदवारी घोषणा

एन्फा अध्यक्षमा शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चैत १४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा विगत तीन वर्षदेखि शुद्धीकरणको अभियान चलाउँदै आएका शेर्पा दोस्रोपटक अध्यक्ष पदमा लड्न लागेका हुन्।

एन्फाका तत्कालीन अध्यक्ष गण्ोश थापालाई विश्व फुटबल महासंघ (फिफा)ले भ्रष्टाचारी ठहर गर्दै प्रतिबन्धको कारबाही गरेपछि उनको स्थानमा एक वर्षअघि भएको चुनावमा शेर्पा नरेन्द्र श्रेष्ठसँग लडेका थिए। शेर्पालाई पाँच मतले पराजित गर्दै श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए। एक वर्षको बीचमा शेर्पाले नरेन्द्र श्रेष्ठलाई समर्थन गरेको ठूलो जमातको समर्थनमा शनिबार उम्मेदवारी घोषणा गरेका छन्।

शेर्पाले यसअघि संस्थापन पक्षको पहरेदारी गर्दै आएका एन्फाका पूर्वप्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, मानार्थ अध्यक्ष तासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, राष्ट्रिय टोलीका पूर्वसदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्मा, हालै एन्फा अध्यक्ष पदका लागि पोखराबाट उम्मेदवारी घोषणा गरेका कृष्ण थापा, पूर्वकप्तान एवं प्रशिक्षक उपेन्द्रमान सिंह, विभिन्न जिल्ला फुटबल संघ, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, महिला, प्रशिक्षक र खेलाडी संघको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन्।

शेर्पाले आफ्नो उम्मेदवारी आर्थिक नियमितता, प्रशासनिक पारदर्शिता, एन्फामा सामूहिक नेतृत्व र फुटबलको विकेन्द्रीकरणका लागि भएको बताए। यसअघि एन्फा नेतृत्व एकलौटी ढंगले चल्दा भ्रष्टाचारको चंगुलमा फँसेको भन्दै शेर्पाले आफू त्यसबाट सजग रहने प्रतिबद्धता पनि जनाए। उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पाले पाएको समर्थन देख्दा एन्फाको कुल ७७ मतमध्ये ९५ प्रतिशत उनको पक्षमा देखिएको थियो। वीरबहादुरलगायत केही पदाधिकारी शुक्रबार मात्र एन्फामा राजीनामा दिएर कर्मालाई समर्थन गर्न पुगेका थिए।

शेर्पालाई अध्यक्ष पदमा समर्थन गर्दै इन्द्रमान तुलाधरले एन्फामा नरेन्द्र श्रेष्ठको नेतृत्व रहे पनि अदृश्य शक्ति हाबी हुँदा चाहेअनुसार सुधार गर्न नसकिएको बताए। ‘मैले पनि भित्र र बाहिर बसेर एन्फालाई बुझ्ने मौका पाएँ तर फुटबलको विकासमा अदृश्य शक्ति पर्खाल भइदियो। एन्फाका अध्यक्ष चढ्नुपर्ने गाडी अध्यक्षलाई चढाउन पनि सकिएन, कस्तो विडम्बना ! त्यसैले म परिवर्तन पक्षधरको नेतृत्व गरेका शेर्पाको समर्थनमा लागेको हुँ’, तुलाधरले भने। कार्यक्रममा मानार्थ अध्यक्ष घले, पूर्वएआईजी शर्मा, पूर्वखेलाडी थापालगायतले फुटबललाई नीति र पद्धतिअनुसार चलाउन शेर्पालाई समर्थन गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.