अस्पताल विकास समितिको कार्यकक्षमा तालाबन्दी

अस्पताल विकास समितिको कार्यकक्षमा तालाबन्दी

महेन्द्रनगर:नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल विकास समितिको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको छ।

सोमबार अखिल क्रान्तिकारीले समितिका अध्यक्ष अशोक पाण्डेयको कार्यकक्षमा तालाबन्दी गरेको हो। बन्द रहेको कार्यकक्षमा अखिल क्रान्तिकारीले ताला लगाएर अनिश्चितकालिन तालाबन्दी गरिएको जनाएको छ।

महाकाली अञ्चल अस्पतालको समग्र सुधारका लागि पटक–पटक अस्पताल व्यवस्थापन समितिलाई खबरदारी गर्दा समेत सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिए। ‘ हामीले धेरै पहिलेदेखी नै अस्पताल विकास समितिलाई आग्रह गर्दै आएका हौं’ उनले भने,‘ त्यसको अहिलेसम्म पनि कुनै सुनुवाई भएन, उल्टै अस्पतालको अवस्था दिनदिनै अस्तव्यस्त हुँदै गएको छ’।

पटक–पटक महाकाली अञ्चल अस्पताल व्यवस्थापन समिति फेरिने गरेपनि अस्पतालको मुहार कहिल्यै नफेरिएकाले दवाव दिन आन्दोलन अघि बढाइएको अखिल क्रान्तिकारीले जनाएको छ।

‘अस्पतालमा न्यूनतम आवश्यक सेवा समेत प्रवाह गर्न सकिरहेको छैन्' अखिल क्रान्तिकारीकै सचिव किशोर भट्टले भने,‘ अञ्चल अस्पताल जस्तो संस्थालाई सामान्य जिल्ला अस्पताल जस्तो बनाइएको छ।' उनले महाकाली अञ्चल अस्पतालको समग्र सुधारका लागि अखिल क्रान्तिकारीले आन्दोलन अघि बढाएको भन्दै स्थानीयस्तरमा मात्र नभई केन्द्रसम्म समेत दवावमुलक कार्यक्रम अघि बढाइने बताए।

२८ जना चिकित्सकको दरबन्दी रहेको महाकाली अञ्चल अस्पतालमा अहिलेसम्म एकजना मात्र चिकित्‍सकले सेवा दिइरहेका छन्। सामान्य उपचारका लागि समेत अस्पतालले अन्यत्र रिफर गर्दै आइरहेको छ। डेढ वर्षअघि जडान भएको आईसीयूसेवा अझै सूचारु हुन सकेको छैन्, भने करोडौंका मेसिनहरु दक्ष जनशक्तिको अभावमा थन्किएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.