चिनी उद्योग बन्द भएपछि किसान मर्कामा

चिनी उद्योग बन्द भएपछि किसान मर्कामा

परासी  : पश्चिम नवलपरासीको सबैभन्दा ठूलो लुम्बिनी चिनी उद्योग बन्द भएपछि स्थानीय किसान मर्कामा परेका छन् । उद्योगका प्रमुख सञ्चालक मनिष अग्रवालको निधन भएसँगै उद्योग बन्द भएपछि यस क्षेत्रका किसानलाई उखु विक्री गर्न समस्या भएको हो ।

अग्रवालको नाउँमा रहेको उद्योगको आर्थिकदेखि सबै कारोबार उनकै नाउँबाट सञ्चालन भएका कारण समस्या आएकाले उद्योग बन्द गर्नुपरेको महाप्रबन्धक बाबुलाल अग्रवालले बताए ।

‘उखु खरिद गरेका किसानलाई तत्काल भुक्तानी दिनुपर्छ । ठूलो उद्योग भएकाले त्यसको स्वामित्व हकवालाको नाउँमा ल्याउन समय लाग्ने भएकाले यसवर्षलाई उद्योग बन्द गरिएको हो ।’ अग्रवालले भने । उद्योगलाई छिटो सञ्चालनमा ल्याउन परिवारका सदस्यहरु कानुनी प्रकृयामा लागि रहेको अग्रवालले बताए । उद्योग बन्द भएपछि परासी क्षेत्रको सुनवल, रामग्राम नगरपालिका, पाल्ही नन्दन, सरावल गाउँपालिकाकाका किसानहरु मर्कामा परेका छन् । हाल यस क्षेत्रका किसानहरु इन्दिरा र बाग्मती चिनी उद्योगमा उखु विक्रीगर्दै आएका छन् ।

उद्योगले यसवर्ष २ लाख क्विण्टल बढी उखु क्रसिङ्ग गरेको छ । उखु खरिद गरेका मध्ये ८० प्रतिशत किसानको रकम भुक्तानी गरिसकेको उद्योगले जनाएको छ । महाप्रबन्धक अग्रवालले भुक्तानी गर्न बाँकी रहेका किसानको रकम उद्योग नयाँ स्वामित्वमा आएपछि तत्काल उपलव्ध गराइने बताए ।

उद्योगपति अग्रवालको माघ ६ गते दिल्लीस्थित मेदान्त अस्पतालमा ब्लड क्यान्सरका कारण निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.