सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्ने एमाले उपाध्यक्ष रावलको संकेत

सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्ने एमाले उपाध्यक्ष रावलको संकेत

काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो गर्ने सहमति भएको बताए । 

काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले ओली–प्रचण्ड बीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् ।

उनले भने,‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आसय थियो।’उनले ओली र प्रचण्ड बीचको निर्णायक वार्तामा निर्वाचन आयोगले सम्पूर्ण मत परिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको सुनाए ।

नेता रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे आजको भेटवार्तामा छलफल भएको विश्वास दिलाए । उनले एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारे । रावलले भने,‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ, देश र जनताले भनिसक्यो त ?’

उनले एकताका पाँच चरणका प्रक्रिया पूरा भैसकेको बताए । उनले भने,‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ।’ रावलले राष्ट्रपति, उपराष्ट्रपति लगायत महत्वपूर्ण पदमा सहमतिकै आधारमा जिम्मेवारी दिने जानकारी दिए । उनले थपे,‘यो भागबण्डा गर्ने कुरा होइन, नेताहरुलाई जिम्मेवारी दिने कुरा हो।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको काम चलाउ सरकारले गरेका निर्णय पुनरावलोकन गर्ने बताए ।

उनले प्रदेश सभाका प्रमुखबारे पनि त्यसको औचित्यका आधारमा पूनरावलोकन गरिने स्पष्ट पारे । उनले ‘प्रदेशको राजधानी त प्रदेश सभाले तोक्ने हो, हामीले भन्ने कुरा हुँदैन्।’ रावलले सरकारले भुकम्प पीडितको लागि एक लाख थप्ने निर्णय पनि गलत ढंगले गरेको आरोप लगाए । उनले वाम गठबन्धनको मुख्य उद्देश्य भनेको मुलुक र जनताको समृद्धि भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.