प्रदेश ३ को मन्त्रिपरिषद : केशव स्थापित भौतिक पूर्वाधार मन्त्री
काठमाडौं : प्रदेश ३ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले सोमबार एमाले नेता केशव स्थापित र माओवादी केन्द्रका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाएका छन् ।
विकासवादी नेताका रुपमा परिचित एवं काठमाार्डौका पूर्व मेयर समेत रहेका स्थापितलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेदवारी दिइएको छ भने माओवादी नेता जम्मरकट्टेल आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् । दुर्वै मन्त्रीलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको सपथ गराएकी छन् ।