प्यूठानमा फेरि  आगलागी

प्यूठानमा फेरि  आगलागी

प्यूठान : प्युठान ऐरावती गाउँपालिका–३ पकला प्यूठानका भोज बहादुर सारु र पुनाराम सारुको घरमा सोमबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलका अनुसार आगलागीबाट चार लाख ५० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।


चारदिन अघि भएको आगलागीका पीडितलाई राष्ट्रिय जनमोर्चा प्यूठानले राहत रकम वितरण गरेको छ । ऐरावती गाउँपालिका–४ गोलजा धुवाङका आगलागी पीडितलाई राहत वितरण गरिएको हो । राजमोले सोमबार घटनास्थलमै पुगेर प्रति घरपरिवार नगद दश हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो । प्यूठानका प्रतिनिधिसभा सदस्य एवं राजमोका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले पीडितलाई राहत रकम प्रदान गरिन् ।

उनले पीडितहरुको पूर्नस्थापनाका लागि पहल गर्ने जानकारी गराउँदै भनिन् ‘जिल्ला दैवीप्रकोप उद्धार कोषमार्फत थप सहयोग रकम दिनका लागि पहल गर्नेछौं ।’

बिहीबार स्थानीय टेकबहादुर पुन, ओमबहादुर पुन, सुमित्रा पुन, बोमबहादुर पुन, रुमबहादुर पुन, निखिल पुन र पदम पुनको घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा भएका लत्ताकपडा, भाँडाकुडा, कागजात जलेर नष्ट भएका छन् । पीडितहरु छिमेकीको घरमा सहारा लिएर बसेका छन् । घरमा आगलागी भएपछि आफूहरु बिचल्लीमा परेको उनीहरुले बताए ।

सरुमारानी गाउँपालिका–२ बाङ्गेशाल अदुवाबारीका पीडितलाई समेत राहत रकम वितरण गर्ने योजना रहेको राजमोका जिल्ला अध्यक्ष कृष्ण खड्काले बताए । उनका अनुसार मंगलबार पीडितकै गाउँमा पुगेर रकम हस्तान्तरण गर्ने कार्यक्रम छ । बाङ्गेशालका तीन दाजुभाइ निमबहादुर, कुलबहादुर र नुमबहादुर दर्लामीको घरमा आगलागी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.