करेन्ट लागेर एकको मृत्यु
बर्दिबास : करेन्ट लागेर महोत्तरीको बर्दिबासमा एक कामदारको सोमबार मृत्यु भएको छ । बर्दिबासस्थित रातु नदीमा निर्माण भइरहेको पुलमा क्रेनले सिमेन्टको मसला पिलरमा हाल्ने क्रममा क्रेनको टुप्पोले हाइटेन्सन लाइन छुँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले बताए ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका —९ घर भएका टिकेन्द्र राम रहेका छन् । करेन्ट लागेर गम्भिर घाइते भएका रामको धनुषास्थित लालगढ मोडेल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।