एनसेलको टावरमा बम विस्फोट

एनसेलको टावरमा बम विस्फोट

रोल्पा : रोल्पामा सोमबार राति बम विस्फोट भएको छ। माडी गाउँपालिका  वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विष्फोटबाट टावरमा  क्षति पुगेको छ।

स्थानीयबासीहरूका अनुसार मध्यरातमा विष्फोटको ठूलो आवाज सुनिएको थियो। विष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन।

घटना बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

फागुन १ मा जनयुद्ध दिवस मनाउनुपूर्व विप्लव नेतृत्वको नेकपाले घटना घटाएको सुरक्षा निकायले अनुमान गरे पनि उसले घटनाको जिम्मेवारी लिएको छैन।

नेकपाले आज थबाङमा जनयुद्ध दिवस मनाउँदै छ भने नेकपा माओवादी केन्द्रले सदरमुकाम लिबाङमा मनाउँदै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.