राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथको  दर्शन

काठमाडौँ : महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा दर्शन गरी पुजाआजा गरेका छन्। राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले पशुपतिनाथमा दर्शन गरी पुजाआजा गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य एवम् प्रचारप्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिए।

उपराष्ट्रपति पुनले दर्शन र पुजा गरेपछि राष्ट्रपति भण्डारी पशुपति पुगेकी थिइन्। संयोजक उपाध्यायले राष्ट्रपति र उपराष्ट्रपतिको पुजा र दर्शनको व्यवस्था कोषले मिलाएको बताए। साँझसम्ममा पशुपतिनाथ मन्दिर भित्रै छिरेर पाँच लाख बढीले पुजा एवं दर्शन गरेका छन्।

पशुपत क्षेत्र विगतमा भन्दा व्यवस्थित रहेकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको उनले जानकारी दिए। कोषले १३ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ। मध्यरातसम्म भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.