माओवादीबीच एकताका लागि छलफल जारी : महासचिव वैद्य

माओवादीबीच एकताका लागि छलफल जारी  : महासचिव वैद्य

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताए। क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३ औँ जनयुद्ध दिवसका आवसरमा संयुक्त रुपमा मंगलबार आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिए। उनले “विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ।”

उनले माओवादी केन्द्र एमालेसँग पार्टीलाई विलय गराउन लागेको आरोप लगाउँदै त्यहाँ रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताए। उनले भने , “संसद्वादविरुद्ध लडेको पार्टीले संसद्वादको पक्षमा रहेको एमालेसँग एकता गर्दैछ, अब त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको छ।” कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले क्रान्तिकारी कम्युनिष्टबीचको एकताका लागि नेतृत्वदायी भूमिका खेल्न महासचिव वैद्यलाई आग्रह गरे।

माओवादी केन्द्रका नेता गोपाल किराँतीले अहिलेसम्म आफूले पार्टी नछोडे पनि एमालेसँग पार्टी एकता भएमा आफूले पार्टी छोड्ने निष्कर्षमा पुगेको बताए।
माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र विष्ट मगरले अहिले क्रान्तिका लागि मैदान खाली रहेको भन्दै माओवादीधारमा रहेका पार्टीबीच एकता गरी त्यो मैदानमा होमिनुपर्ने धारणा राखे ।
वामपन्थी नेता तथा लेखक विश्वभक्त दुलाल‘आहुती’ले विज्ञान र प्रविधिको विकासलाई जोडेर सोहीअनुरुपको नयाँ क्रान्तिको तयारी अहिलेको आवश्यकता भएकामा जोड दिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.