राजपाले रेणु शर्मालाई हटाएर नरमाया ढकालको नाम पठायो
काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा)ले समानुपातिकको खस आर्य सूचीमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम निर्वाचन आयोग पठाएको छ। आयोगले नाम सच्याएर पठाउन पत्र पठाएपछि राजपाले शर्माको हटाएर नरमायाको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो।
आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो।