एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश विषयमा टुंगो लगाएको जानकारी नेता गौतमले दिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
गौतमलाई उद्धृत गर्दै अधिकारीले भने, ‘पार्टी एकताको ९५ प्रतिशत काम सकिएको छ ।’

एकता संयोजन समितिको बैठकमा दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भएको थियो ।
यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । आजै एकताको घोषणा गर्ने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.