प्रणय दिवसमा वृद्धवृद्धालाई माया
काठमाडौं : लियो क्लब अफ काठमाडौं निर्वाणाले प्रणय दिवसका अवसरमा बुधबार पाशुपत क्षेत्रस्थित पशुपति वृद्धा श्रममा वृद्धवृद्धाको स्याहार सुसार गर्दै माया व्यक्त गरेको छ । उनीहरूले वृद्धवृद्धाको कपाल काटिदिनुका साथै कपडा धोइदिएका थिए ।
निर्वाणाले आयोजना गरेको उक्त कार्यक्रमका संयोजक राजनराज खनालका अनुसार कपाल र नङ काटिदिनुका साथै आ श्रमको समेत सरसफाइ गरिएको थियो । खनालले भने, ‘उनीहरूका लुगाकपडा पनि धोइदिएका थियौं ।
आजको दिन माया प्रेम दर्शाउन कुनै पार्क जानुभन्दा हामीले मायाबाट वञ्चित वृद्धवृद्धा बुबाआमा र हजुरबुबा हजुरआमासँग माया साटेका हौं ।’ विगत पाँचदेखि प्रणय दिवसको अवसरमा यस्ता कार्यक्रम हुँदै आएका छन् ।