यादव र सोनल प्रदेश २ को मन्त्रीमा नियुक्त
जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीन सदस्यीय मन्त्रिपरिषद् गठनको गरेका छन्।उनले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)बाट एक/एक जना मन्त्रीलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन्।
फोरमका विजयकुमार यादव आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री भएका छन्।