विद्युत् चोरी गर्ने आठ पक्राउ

विद्युत् चोरी गर्ने आठ पक्राउ

विराटनगर : विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठजनालाई नियन्त्रणमा लिएको छ।

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ।

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन्। सबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

तस्करीको सामान बरामद
‘सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान' अन्तर्गत प्रहरीले करिब दुई लाख मूल्य बराबरको तस्करीको सामान बिहीबार बिहान बरामद गरेको छ।

विराटनगरस्थित प्रदेश नम्बर १ प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरिच, सुपारी साइकल र रिक्सालगायतको सामान बरामद गरेको हो।

उक्त सामान अनुसन्धानपश्चात् कारबाहीका लागि भन्सार कार्यालयमा आज बुझाइएको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.