१९ महिनापछि फेरि ओली प्रधानमन्त्री

१९ महिनापछि फेरि ओली प्रधानमन्त्री

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट राजीनामा दिएको १९ महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। २०७३ साल साउन ९ गते व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका ओली १८ महिना २४ दिनमै फेरि प्रधानमन्त्री बनेका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी छन्।

ओलीको जन्म २००८ फागुन ११ गते इवा २, तेह्रथुममा पिता मोहनप्रसाद ओली र माता स्वर्गीय मधु ओलीको कोखबाट भएको हो। तेह्रथुम इवाको प्रणामी उच्च माध्यमिक विद्यालय (तत्कालीन प्रणामी प्रावि) बाट शिक्षा सुरु गरेका ओलीले औपचारिक रुपमा एसएसलसीसम्मको मात्र अध्यायन गरेका छन्। तेह्रथुमबाट ओली परिवार २०२० सालमा बसाईं सरेर झापा झरेको थियो। डेढ वर्षकै उमेरमा आमा गुमाएका ओलीको बाल्यकाल कष्टपूर्ण बित्यो। २०२३ सालदेखि राजनीतिमा प्रवेश गरेका ओलीले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर भूमिगत भएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिएकै वर्ष ओली पञ्चायत विरोधी आन्दोलनमा सहभागी भएको नाममा पक्राउ परे। उनले निरन्तर १४ वर्ष जेल जीवन बिताए।

नेता ओली २०२८ सालमा झापा आन्दोलन कमिटीको प्रमुख भए। २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित भए। सोही क्षेत्रबाट ओलीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हासिल गरे। त्यसपछि भने ओली नेपालको राष्ट्रिय राजनीतिमा चर्चामा रहे। लामो राजनीतिक यात्राका क्रममा ओलीले गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै दुई पटक प्रधानमन्त्री बनेका छन्।

२००८ फागुन ११इवा २, तेह्रथुममा जन्म, माता–स्व. मधु ओली; पिता– मोहनप्रसाद ओली ।
२०२०झापामा बसाई सराइ
२०२३माक्र्सवादी अध्ययन दलमा संगठित
२०२५पूर्णकालिन राजनीतिक कार्यकर्ताको रुपमा गतिविधिमा सलग्न
२०२६ माघनेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।
२०२७ जेठ ९पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु ।
२०२७ फगुन १६झापामा पहिलो पटक गिरफ्तार । २०३० सम्म १० पटक गिरफ्तार र रिहा ।
२०२८झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित ।
२०३० असोज २३राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार, ४ बर्ष गोलघर सहित १४ बर्ष जेल सजायँ ।
२०३५ पुस ११जेल मै रहँदा गठित नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनिवादी)को संस्थापक नेताको हैसियत प्राप्त ।
२०४४ असार ११जेलबाट रिहा, पुस २ गते बसेको नेकपा (मा–ले)को केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन ।
२०४६तत्कालिन नेकपा (माले)को लुम्बिनी अञ्चलको ईञ्चार्जको जिम्मेवारी बहन ।
२०४७ जेठ १पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष ।
२०४७ पुस २२नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी)बीच एकीकरण, नवस्थापित नेकपा (एमाले)को संस्थापक केन्द्रीय सदस्य ।
२०४८बहुदलीय व्यवस्था स्थापना पछिको पहिलो आम निर्वाचनमा झापा–६ बाट संसदको तल्लो सदन, प्रतिनिधि सभाको सदस्यमा निर्वाचित
२०५०केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सहित पोेलिटव्युरो सदस्य निर्वाचित
२०५१मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधि सभामा पुननिर्वाचित । मंसीर १४ गते कम्युनिष्ट पार्टीको नेतृत्वमा गठित पहिलो तथा लोकप्रीय सरकारको गृहमन्त्री नियुक्त।
२०५१पार्टी संसदीय विभागको प्रमुख
२०५४ माघपार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत कार्यनितिक प्रस्ताव अत्यधिक मतद्वारा पारित, स्थायी समिति सदस्यमा निर्वाचित, विदेश विभाग प्रमुखको जिम्मेवारी प्रदान ।
२०५६झापा–६ बाट प्रतिनिधिसभामा पुन निर्वाचित
२०५६–२०५९संसदमा प्रमुख प्रतिपक्षी दलको उपनेता
२०५९ माघपार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणाली शुरु गर्ने प्रस्ताव प्रस्तुत, प्रस्ताव अर्को महाधिवेशनसम्मको लागि स्थगित– स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुननिर्वाचित ।
२०६३गिरिजाप्रसाद कोइरालको नेतृत्वमा पुनस्र्थास्पित संसदद्वारा उपप्रधान मन्त्री तथा विदेश मन्त्री नियुक्त ।
२०६४पहिलो संविधानसभाको निर्वाचनमा पराजित
२०६५÷६६केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख
२०६५ पागुनआठौं राष्ट्रिय महाधिवेशनमा आन्तरिक लोकतान्त्रिकरण र बहुपदीय प्रणालीको स्थगित प्रस्ताव स्वीकृत । अध्यक्ष पदको प्रत्यासी, तत्कालिन अध्यक्ष झलनाथ खनालद्वारा पराजित, विदेश विभागको प्रमुखको जिम्मेवारी सहित स्थायी समितिमा निर्वाचित ।
२०७० मंसीरझापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित
२०७० माघ २१तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविभनसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित ।
२०७१ साउन १नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ट नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ।
२०७२ असोज २४व्यवस्थापिक संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित, असोज २५ गते सपथ ग्रहण ।
२०७३ साउन ९व्यवस्थापिका–संसदमा संबोधन, प्रधानमन्त्री पदबाट राजिनामा ।
२०७३ साउन २०औपचारिक रुपमा नयाँ प्रधानमन्त्री पुष्पकमल दहालाई सत्ता हस्तान्तरण ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.