एमाले प्रदेश २ को संसदीय दलको नेतामा मण्डल

एमाले प्रदेश २ को संसदीय दलको नेतामा मण्डल

जनकपुर : एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन्। बिहीबार संंसदीय दलको नेताका लागि भएको निर्वाचनमा मण्डलले चार मतको अन्तरले शत्रुधन महतोलाई पराजित गरेका छन्।

सर्वसम्मतको प्रयास असफल भएपछि मण्डल र महतो निर्वाचनमा होमिएका थिए। एमाले स्थायी समिति सदस्य समेत रहेका मण्डलले १२ मत प्राप्त गरेका छन् भने वैकल्पिक पोलिटब्यूरो सदस्य महतोले ८ मत पाएका छन्। एक मत बदर भएको छ। मण्डल अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् भने महतो माधव नेपाल पक्षधर हुन्।

मण्डल सप्तरी क्षेत्र नम्बर १ ‘क’ र महतो घनुषा क्षेत्र नम््रबर ४‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ र समानुपतिकमा ७ गरी २१ सिट जितेको छ।एमालेको संसदीय दलको नेता प्रदेश २ को विपक्षी दलको नेता समेत हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.