लागूऔषधसहित तीन युवक पक्राउ

लागूऔषधसहित तीन युवक पक्राउ

राजविराज : इलाका प्रहरी कार्यालय सखडाको टोलीले ठूलो परिमाणको प्रतिबन्धित अवैध लागूऔषधसहित तीनयुवकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

प्रहरीको टोलीले जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मौवाबाट छिन्नमस्ता २ का २८ वर्षीय सोनु राय, उदयपुर कटारी ४ का ३२ वर्षीय हरीकृष्ण सुनुवार र राजविराज नगरपालिका ८ का २५ वर्षीय सुरज यादवलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ को.२९प ९९४६ नम्बरको मोटरसाइकलमा चढी अवैध लागूऔषध ओसारिरहेका उनीहरुलाई नेपाल भारत सिमाबाट पक्राउ परेको प्रहरी नायव निरीक्षक भुवन कार्कीले जानकारी दिए।

मोटरसाइकल रोकी चेकजाँच गर्दा रायले कम्मरमा भिरेको झोला तथा सुनुवार र यादवले गोजीमा लुकाएर ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार उनीहरुको साथबाट दुई सय ४० थान स्पास्मा पीभन–१० लेखिएको ट्याब्लेट, एक सय ४० थान निट्रोसन–१० ट्याब्लेट, एक सय दुई थान निट्राभेट–१० ट्याब्लेट, २० एम्पुल लुपिजेसिक, २० एम्पुल डाइजील्याब, १९ एम्पुल फेनारगन, चार बोतल एभिल र २५ ग्राम गाजा बरामद भएको छ।

उनीहरुलाई लागूऔषध मुद्दा दर्ता गरी आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.