तरकारीवालीदेखि प्रिया प्रकाश: जसलाई इन्टरनेटले स्टार बनायो

तरकारीवालीदेखि प्रिया प्रकाश: जसलाई इन्टरनेटले स्टार बनायो

एजेन्सी: अहिलेको प्रविधिको तीब्र विकासको युगमा साधारण मानिसलाई पनि सामाजिक सञ्जालले स्टार बनाउने क्षमता राख्छ । यसको ताजा उदाहरण १८ वर्षीया मलयालम कलाकार प्रिया प्रकाश वारियर रहेकी छन् ।

जसको भ्यालेन्टाइन डेको अवसरमा रिलिज भएको भिडियो फेसबुक, इन्स्टाग्राम, ट्विटरदेखि लिएर व्हाट्सएपमा धेरै सेयर भइरहेको छ। अब चर्चा गरौँ सामाजिक सञ्जालले रातारात स्टार बनाएका केही सर्वसाधरणबारेमा ।

हामीले यहाँ सामाजिक सञ्जालले रातारात स्टार बनाएका ५ जनाबारे चर्चा गर्दा नेपालकी तरकारीवाली अर्थात् कुसुम श्रेष्ठ पनि छिन् । प्रिया प्रकाशदेखि लिएर नेपालको गोरखाकी तरकारीवालीसम्म राता रात हिट भए अनि कतै हराए ।

१. प्रिया प्रकाश वारियर: १८ वर्षीया प्रिया चाँडै नै मलयालम फिल्म ओरु अद्दार लभमा डेब्यु गर्दैछिन् । यस फिल्मको गीत मनीक्या मलराया पुभीमा इशारा इशारामा कुराकानी गरेका कारण प्रिया अहिले रातारात इन्टरनेट दुनियाँमा हिट भएकी छन् ।

२. अरसद खान: अक्टोबर २०१६ मा पाकिस्तानको इस्लामाबादमा चिया बेच्ने उनको सुन्दरताले सामाजिक सञ्जाल पिट्यो । निलो आँखा भएका यी पाकिस्तानी युवालाई ठुला ठुला कम्पनीले मोडलिङका लागि समेत प्रस्ताव गरेका थिए । अरसद खान नामका यी युवा इस्लामाबादको सन्डे बाजार (पेशावर चौक) मा चियाको दोकानमा काम गर्थे । उनको रुपमा महिला मरिहत्ते गर्थे ।

३.कुसुम श्रेष्ठ: नोभेम्बर २०१६मा नेपालको गोरखा जिल्लाकी यी युवतीको तस्बिर सामाजिक सञ्जालमा रातारात हिट भयो । टुर गाइड रुपचन्द्र महर्जनले खिचेका उनका तस्बिर सामाजिक सञ्जालमा आएपछि #Tarkariwali ट्विटर ट्रेन्ड नै भएको थियो । उनले त्यसपछि मोडलिङ गरिन् भने फिल्मसम्म खेल्न भ्याइसकेकी छन् ।

४.ढिङ्च्याक पूजा: ढिङ्च्याक पूजाको गीत 'सेल्फी मैने ले ली...' सामाजिक सञ्जालमा भाइरल हुन कतिबेर पनि लागेन । सबैभन्दा चकित बनाउने कुरा भनेको त ढिङ्च्याक आफ्नो सुरिलो आवाज नभइ बेसुरो आवाजका कारण चर्चित भएकी थिइन् ।

५. उमर बोरकान अल गला: दुबईमा रहेर मोडलिङ र अभिनय गर्दै आएका कलाकार उमर जब जर्चामा आए तब धेरै हेन्डसम भएको भन्दै उनलाई साउददी अरबले देश निकाला गरिदियो । त्यसपछि उमर राता रात इन्टरनेटमा भाइरल भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.