डोल्पामा औषधि अभाव

डोल्पामा औषधि अभाव

दुनै : डोल्पाका अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै गएको छ। सरकारले वितरण गर्दै आएको औषधि स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

अघिल्ला वर्षहरूमा जिल्ला स्वास्थ्य कार्यालयले खरिद गरेर सबै स्वास्थ्य संस्थामा वितरण गर्ने गरेको थियो। यस वर्ष औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आउने बजेट स्थानीय तहमा गएपछि जिल्लाबाट औषधिहरू स्थानीय तहका स्वास्थ्य संस्थामा पठाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ।

स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिहरू मंसिरदेखि माघसम्म जिल्लाबाहिर रहेका कारण असोजमा खरिद गरिएको औषधिले फागुनसम्म नपुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि खरिदका लागि बजेट गएकोले स्थानीय तहले नै औषधि खरिद गरी वितरण गर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज सञ्जय मण्डलले बताए।

औषधि कुन निकायले खरिद गर्ने भन्नेबारे विवाद भएकाले समस्या आएको नागरिक समाजको भनाइ।

त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र माथिल्लो डोल्पाका ३ गाउँपालिकामा औषधि अभाव हुँदै गएको गुनासो जिल्लामा आएकोले केही दिनमै अभाव भएका स्वास्थ्य संस्थामा औषधि पठाउन लागिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर श्रीकान्त अग्रवालले जानकारी दिए। उनले आवश्यक औषधि जिल्ला सदरमुकामबाटै स्वास्थ्य संस्थासम्म ढुवानी गरेर लैजानुपर्ने बताए।

जिल्लाका काइके, जगदुल्ला र मुड्केचुला गाउपालिकामा भने स्थानीय तहले आन्तरिक स्रोतबाटै औषधि खरिद गरेकाले खासै समस्या नआएको जनप्रतिनिधिहरूले बताएका छन्।

माथिल्लो डोल्पामा यतिबेला स्वास्थ्य संस्थाहरू बन्द रहने भएकोले औषधि समस्याको गुनासो आउँदैन। तर, तल्लो डोल्पाका अधिकांश क्षेत्रका स्वास्थ्य संस्थामा धेरैजसो औषधि नभएको स्थानीयहरूले बताउँदै आएका छन्।

स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयबीच कसले औषधि खरिद गर्ने भन्ने विषयको टुंगो नलागेकाले पनि अधिकांश स्वास्थ्य संस्थामा औषधि अभावको समस्या हुने गरेको नागरिक समाज कालिकोटको दाबी छ।

तर, स्थानीय तहले खरिद गर्ने औषधि तत्काल खरिद गर्नुपर्ने र जिल्लाबाट वितरण हुने औषधि पनि सबै क्षेत्रमा पठाउनपर्ने भन्दै नागरिक समाजले सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ।

आठ वटा स्थानीय तह रहेको डोल्पामा स्थानीय सरकार आए पनि जनताले पाउने सेवामा समस्या उत्पन्न भएको नागरिकको गुनासो छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमा लापवाही नगर्न नागरिकले सबैमा आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.