व्यापारीको घरमा छलफल नगर्न ओली र प्रचण्डलाई बाबुरामको सुझाव

व्यापारीको घरमा छलफल नगर्न ओली र प्रचण्डलाई बाबुरामको सुझाव

काठमाडौं : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यापारीक स्वार्थ भएका व्यक्तिको निजी निवासमा छलफल गर्नु राम्रो नहुने सुझाव दिएका छन्।

केहीदिन अघिसम्म ललितपुरका एक व्यापारिको घरमा छलफल गरेको र आइतबार भने भक्तपुरका व्यापारी दुर्गा प्रसाईंको घरमा छलफल गरेको प्रशंगलाई जोड्दै बाबुरामले यस्तो सुझाव दिएका हुन्।

आइतबार दुर्गा प्रसाईंको घरमा छलफलपछि खानपान गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेका बेला बाबुरामले यस्तो सुझाव दिएका हुन्।

ट्विटरमा सक्रिय बाबुरामले राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट गर्नु राम्रो नहुने बताएका हुन्। उनले नियत राम्रो भए पनि त्यसले गतल सन्देश जानेतर्फ सजग हुन ओली र प्रचण्डलाई आग्रह गरेका छन्।

‘राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट नगर्नु राम्रो हुन्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘नियत राम्रो भए पनि त्यसले गलत सन्देश दिन्छ । क्रोनी क्यापिटालिस्म भनेकै यही हो।’ सँगै बाबुरामले माक्र्सको भनाइ उद्धृत गर्दै ट्विटमै भनेका छन् , ‘नर्क जाने बाटो पनि असल मनसायले बनाइएको हो।’

ओली– प्रचण्ड गोप्य वार्ताको खानपान !ओली– प्रचण्ड गोप्य वार्ताको खानपान !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.