मृत चितुवा भेटियो
अर्घाखाँची : सन्धिखर्कमा आइतबार मृत अवस्थामा एक पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका– १० स्थित खहरेखोला सामुदायिक वनमा मृत चितुवा भेटिएको हो । मरेको चितुवा देखेपछि स्थानीयवासीले जिल्ला वन कार्यालयमा खबर गरेको जिल्ला वन अधिकृत दिपक ज्ञवालीले बताए । रासस