जन्ती बस पल्टिँदा १० घाइते
बर्दिबास : सिन्धुलीबाट जन्ती लिएर फर्किँदै गरेको बस महोत्तरीको बर्दिबास –३ पाटु मोडमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चालिस जना जन्ती सवार ना. ३ ख. ५२५८ नम्बरको बसको स्टेरिङ्ग फेल भएर ओरालो सडकमा पल्टिएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलका अनुसार, बसका सह—चालक महोत्तरीको गौशाला घर बताउने रोशन राउत गम्भीर घाइते भएका छन् ।
घाइतेको उपचार बर्दिबास जनसेवा हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरी हस्पिटल पुर्याएका थिए ।