मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिर्तामोड : झापाको मेचीनगर नगरपालीकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका १२ स्थित भित्री सडक खण्डमा राति साढे ११ बजे चारआलीबाट कालीझोडातर्फ जाँदै गरेको मे ३ प ८०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदा घाइते भएका अर्जुनधारा नगरपालिका १ बस्ने २७ वर्षीय प्रवेश चौधरीको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते चौधरीको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी चारआलीले बताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.