कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा कोइराला
विराटनगर : कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित भएका छन्। सुनसरी क्षेत्र नम्बर २ ख बाट प्रदेश सभामा निर्वाचित भएका कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिममा फिर्ता लिएपछि कोइराला निर्विरोध भएका छन्। कांग्रेस संसदीय दलको नेता कोइराला विपक्षी दलको नेता समेत बनेका छन्। कोइराला कांग्रेस सुनसरीका सभापति समेत हुन् ।प्रदेश १ को कुल ९३ सिट मध्ये कांग्रेसले समानुपातिकबाट १३ र प्रत्यक्षबाट ८ जना गरी २१ सिट जितेको छ ।