टेलिभिजन डिजिटाइजेसनको बाटो खुल्यो

टेलिभिजन डिजिटाइजेसनको बाटो खुल्यो

काठमाडौं : टेलिभिजनलाई डिजिटाइज गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले यसअघि भएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएसँगै एनालग केबल टेलिभिजन बन्द हुने भएको हो।

यो सँगै सरकारले एनालग केबल टेलिभिजन बन्द गरी टेलिभिजनलाई डिजिटाइज गर्ने भनि सुरु गरेको निर्णयलाई कार्यान्वयनमा ल्याउन सहज भएको छ।

सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरका केबल टेलिभिजन बन्द गर्न सुरु गरेपछि यो विवाद सर्वोच्च अदालत पुगेको थियो। चुनावको मुखमा यसरी टेलिभिजन बन्द गर्नु र डिजिटल प्रणालीका नाममा सेवा नै रोक्नु असंवैधानिक भएको भन्दै यो निर्णयको विरुद्धमा बिजेन्द्रलाल जोशीले सर्वोच्चमा मंसिर ३ गते रिट दायर गरेका थिए।

उक्त रिटमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले तत्काल सरकारी निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन आदेश जारी गरेको थियो। तर, आइतबार न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले दिएको अन्तरकालीन आदेश जारी नहुने आदेश दिएसँगै टेलिभिजनको डिजिटाइजेसनका लागि बाटो खुलेको हो।

बाटो खुलेसँगै सञ्चार मन्त्रालयको निर्णण अनुसार वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.