आमिर खानको 'धुम ३' लाई 'पद्मावत' ले पछि पार्‍यो

आमिर खानको 'धुम ३' लाई 'पद्मावत' ले पछि पार्‍यो

नयाँ दिल्ली: सञ्जय लीला भन्सालीको फिल्म 'पद्मावत' रिलिज भएको १ महिना भन्दा धेरै भएको छ । यति लामो समयसम्म पनि यो फिल्मले पैसा कमाउने गति अझै कम भएको छैन ।

दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुर अभिनित यस स फिल्मले एकपछि अर्को रेकर्ड आफ्नो नाममा लेखाउन सफल भएको छ । भारी विवादपछि बक्स अफिसमा रिलिज भएको 'पद्मावत' बलिउडमा सबैभन्दा धेरै आम्दानी गर्ने सातौँ फिल्म बनेको छ ।

आम्दानीको मामिलामा यस फिल्म 'पद्मावत' ले आमिर खान अभिनित 'धुम ३' लाई पनि पछि पारेको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार बुधवार 'पद्मावत' ले १.२० करोड भारतीय रुपैयाँ कमायो ।

यसका साथै फिल्मको अहिलेसम्मको आम्दानी २८०.५० करोड पुगेको छ । आम्दानीको मामिलामा यो फिल्म 'धुम-३' भन्दा अघि निस्किसकेको छ । धुम-३ को सम्पूर्ण आम्दानी २८०.२५ करोड भारतीय रुपैयाँ थियो ।

भारतका सबैभन्दा धेरै कमाउने फिल्म
१. बाहुबली-२ (२०१७)
२‍. दंगल (२०१६)
४. टाइगर जिन्दा है (२०१७)
४. पीके (२०१४)
५. बजरङ्गी भाइजान (२०१५)
६. सुल्तान (२०१६)
७. पद्मावत (२०१७)
८. धुम ३ (२०१३)

यस सूचीमा आमिर खानका तीन फिल्म (दंगल, पीके र धुम ३), सलमान खानका तीन फिल्म (टाइगर जिन्दा है, बजरङ्गी भाइजान र सुल्तान) समावेश छन् । सुपरस्टार प्रभासको फिल्म 'बाहुबली २' शीर्ष स्थानमा छ । यो सूचीमा शाहरुख खानको एउटा पनि फिल्म छैन ।

'पद्मावत' दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरसँगै सञ्जय लीला भन्सालीको पहिलो फिल्म हो, जसले सर्वाधिक कमाउने फिल्मको सूचीमा स्थान बनाउन सफल भयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.