टाटा मोटर्सको लाइफ स्टाइल एसयूवी टाटा नेक्सन लन्च
काठमाडौं : टाटा मोटर्सले आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका साथ कमप्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै शुक्रबार आफ्नो जेन–नेक्स्ट लाइफ स्टाइल एसयूवी, टाटा नेक्सनको व्यवसायिक लन्च गरेको छ । टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन हो ।
पृथक स्टाइलको प्रतिनिधित्व गर्ने ग्राहकका लागि यस उत्पादनले विश्वव्यापी र समकालिन डिजाइनका साथै सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधालाई एकै साथ ल्याएको छ । पेट्रोल भेरियन्टलाई ३२ लाख, ७५ हजार र डिजल भेरियन्टलाई ४१ लाख ५५ हजारको सुरु मूल्यमा लन्च गरिएको टाटा नेक्सनलाई एसयूवी वर्गमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको छ ।
शुक्रबारदेखि विक्रीका लागि राखिएको टाटा नेक्सन नेपालका २० आधिकारिक टाटा शोरुममा उपलब्ध छ । उक्त लन्चको अवसरमा बोल्दै टाटा मोटर्स, इन्टरनेशनल बिजनेस, प्यासेन्जर भेकल बिजनेस यूनिट हेड सुजन रोय भने, ‘हाम्रो व्यापार रणनीति अनुरुप हामी उत्पादन अन्तराललाई भर्ने कुरामा केन्द्रित रहने छौं र इमर्जिङ्ग ह्वाइट स्पेसलाई ट्यापिङ्ग गर्नेछौं ।
हामीले भित्र्याउने उत्पादनले हाम्रो ब्राण्डलाई परिस्कृत मात्र नगरी ग्राहकको बढ्दो आशालाई समेत समायोजन गर्नेछ । टाटा नेक्सन, यो मौलिक सोचाइमा उच्चतम चरणको परिवर्तन हो जसले टाटा मोटर्सको गतिशील बजारलाई थप वृद्धि गर्नेछ ।’
टाटा नेक्सनलाई अनावरण गर्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर जङ्गबहादुर राणाले भने, ‘टाटा नेक्सनको लन्चसँगै हामीले व्यापारलाई ह्याचब्याक र सेडानहरु बाहेक अरु वर्गमापनि वृद्धि गरेका छौं । कमप्याक्ट एसयूवी वर्गमा यो हाम्रो पहिलो अनि ठूलो कदम हो र बहुपरिचित टाटाबाट आएको यस उच्चस्तरीय उत्पादनमा हामी निकै खुसी छौं ।’
टाटा नेक्सन एरोडाइनामिक सिल्हाइटको साथ एक पृथक डिजाइन हो । यसले स्पोर्टी चरित्रलाई हाइलाइट गरी स्पोर्टी कूपका साथ एसयूवीको कार्यक्षमता संयोजन गरेर एसयूवी डिजाइनमा विकास ल्याएको छ । यसमा ७५ हजार किमि वा ३ वर्षको वारेण्टी रहेको छ ।