खुला लन टेनिस : कमल थापा पहिलो खेलमै पराजित

खुला लन टेनिस : कमल थापा पहिलो खेलमै पराजित

बुटवल : बुटवल लन टेनिस क्लबको आयोजनामा प्रथम पुरुष तथा महिला खुला लन टेनिस प्रतियोगिता सुरु भएको छ। मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा मुलुकभरका ८६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका खेल भएका छन्। उद्घाटन खेलमा पुरुष एकलमा जितेन्द्र परियारले अभिषेक पाठकलाई ६-०, ६-० को सेटले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। यस्तै विकास खड्काले सर्वर मियालाई ६-०, ६-०, प्रदीप खड्काले अञ्जन थिङलाई ६-१, ६-१, तथा सन्तोष खत्रीले भीष्म काउचालाई ६-१, ६-२ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका छन्।

शुक्रबारै भएको पुरुष ५५ वर्षमाथिको प्रतिस्पर्धामा कृष्णराज घलेले अब्दुल सहमतलाई ६-०, ६-१ को सेटमा हराएर सेमिफाइनल यात्रा तय गरे। ३५ वर्ष उमेरमाथिको खेलमा राजन बिजुक्छेले बालकृष्ण अर्याललाई ६-०, ६-१ ले पराजित गर्दा सञ्जय श्रेष्ठले वाकओभर पाएर अघिल्लो चरणको यात्रा तय गरे।

प्रतियोगिताको फन युगलतर्फ कमलबहादुर भण्डारी र अनिल सेन्चुरीले आत्मराम कार्की र बालकृष्ण अर्याललाई ८-० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे। अर्को खेलमा मनोज राना र सोनमनि चौधरीले कृष्णराज घले र ईशा पौड्याललाई ८-० कै सेटमा पराजित गरे। अन्य खेलमा पुनबहादुर खनाल र रामु विकले धर्मसिंह लामिछाने र विष्णु चापागाईंलाई ८-०, विकास खड्का र अर्जुन गुरुङको जोडीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा र मनोहरदास मुललाई ८-१ ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरे।

फागुन १५ सम्म चल्ने प्रतियोगिताअन्तर्गत शनिबार विभिन्न विधाका पहिलो र दोस्रो चरणका खेल हुनेछन्। प्रतियोगिताका खेलहरू बुटवल देवीनगरमा खेलाइएको छ।

प्रतियोगिताका पुरुष र महिला एकलका विजेताले ५५ हजार, भेट्रानमा ३५ वर्ष उमेरले ४५ हजार, ४५ वर्षमाथि र ५५ वर्ष माथिकाले ३५-३५ हजार प्राप्त गर्नेछन्। त्यसैगरी फन युगलका विजेताले नगद ३५ हजार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.