नर्भिकको गम्भीर लापरबाहीः देब्रे घुँडो दुख्दा दाहिने घुँडाको अप्रेशन

नर्भिकको गम्भीर लापरबाहीः देब्रे घुँडो दुख्दा  दाहिने घुँडाको अप्रेशन

काठमाडौँः चिकित्सकहरुले गर्ने लापरवाहीको पछिल्लो उदाहरण थापाथलीस्थित नर्भिक अस्पतालबाट बाहिरिएको छ । नर्भिकका चिकित्सकहरुले देब्रे खुट्टाको घुँडाको लिगामेन्टको समस्या लिएर पुगेकी एक महिलाको दाहिने घुँडो चिरिदिएपछि यस्तो तथ्य बाहिर आएको हो ।

नेपालकै प्रतिष्ठित तथा धनाढ्यहरुले उपचार गर्ने नर्भिकमा ३८ वर्षीया बिन्दु पौडेल देब्रे खुट्टाको घुँडाको लिगामेन्ट टियरको उपचारका लागि भर्ना भएकी थिइन् । अस्पतालले देब्रे घुँडाको अप्रेशन गर्नुपर्ने भनेपछि बेड भर्ना भएकी पौडेलको दाहिने घुँडो त्यहाँका दुई चिकित्सकले चिरिदिएका उनका आफन्त सरोज दाहालले जानकारी दिएका छन् ।

नर्भिकका चिकित्सक प्रविण नेपाल र शैलेज रञ्जितकारको टोलीले शुक्रबार बिन्दु पौडेलको बिरामी नभएको घुँडो चिरिदिएपछि शनिबार दुई पक्षबीच सहमति पनि भएको छ ।

अस्पताल प्रशासन र चिकित्सकद्वयले पौडेलको एउटा घुँडो चिर्नुपर्नेमा अर्को चिरेर गम्भीर त्रुटि गरेको स्वीकार्दै यो घटनामा मानवीय भूल हुन पुगेको उल्लेख गरेका छन् ।

शनिबार भएको ४ बुँदे सहमतिपत्रमा पौडेलको अप्रेशन गर्दा भएको त्रुटिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धता अस्पताल प्रशासनले गरेको छ ।

त्यसैगरी अस्पताल प्रशासनले बिन्दु पौडेलको चिरिएको दाहिने घुँडाबाट भविष्यमा पर्न सक्ने समस्याको सम्पूर्ण जिम्मेवारी तथा उपचार गरिदिनिने सहमति पनि पीडितपक्षसँग गरेको छ । अस्पतालले अब दुवै घुँडा सम्पूर्ण उपचार विदेशमा लगेर भएपनि निशुल्क गरिदिने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

यो सहमतिपत्रमा अस्पतालका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंह, विरामी महिला बिन्दुका पति किशोर पौडेल तथा चिकित्सकद्वय प्रविण नेपाल र शैलेज रञ्जितकारले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.