बोलेरोले कुल्चिँदा नौ बालबालिकाको ज्यान गयो

बोलेरोले कुल्चिँदा नौ बालबालिकाको ज्यान गयो

एजेन्सी: एउटा कारले कुल्चिँदा बिहारको मुजफ्फरपुर जिल्लामा शनिवार एक अनियण्त्रित बोलेरोले कुल्चिँदा कम्तिमा पनि ९ जना बालबालिकाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य १० जना बालबालिका घाइते भएका छन् । यिनमा दुईको अवस्था चिन्ताजनक छ । यी सबै बालबालिका जिल्लाको मीनापुर प्रखण्डस्थित सरकारी स्कूल मध्य विद्यालय धरमपुरमा पढ्ने गर्थे । यी बालबालिका स्कुलबाट घर फर्किने क्रममा अनियण्त्रित बोलेरोले कुल्चिएको थियो ।

घटनाको पुष्टि गर्दै मुजफ्फरपुर जिल्लाका वरिष्ठ पुलिस अधिक्षक विवेक कुमारले बीबीसीसँग भने, 'यो दुर्घटना शनिवार दिउँसो डेढदेखि २ बजेको बीचमा भएको हो । जुनबेला यी बच्चा स्कुलबाट घर फर्किँदैथिए ।'

विवेक कुमारका अनुसार जिल्ला प्रशासनले दुर्घटनामा मारिएका सबै बच्चाका परिवारलाई राहतका लागि प्रतिपरिवार ४-४ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेहरुको उपचार खर्च पनि सरकारले दिने भएको छ ।

यो घटना मुजफ्फरपुर-सीतामढीदेखि जाने राष्ट्रिय राजमार्ग ७७ मा भएको हो । यसै राजमार्गसँगै यो स्कुल रहेको छ। घटनास्थल मुजफ्फरपुर शहरबाट करिब १५ किलोमिटरको दुरीमा छ ।

दुर्घटनाको विवरण दिँदै स्थानीय पत्रकार कौशलेन्द्र झाले भने, 'पहिले कारले एउटी महिलालाई ठक्कर दियो । त्यसपछि अनियन्त्रित हुँदै राजमार्गको किनारमा लाइन लागेर घर गइरहेका बच्चाहरुलाई एक एक गर्दै कुल्चिँदै अघि बढ्यो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.