ट्रम्पका सहयोगीले घूस लिएको आरोप
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतिको निर्वाचन अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरुद्ध उक्त चुनावमा भएको भनिएको रूसी हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन् ।
वासिङटन संघीय अदालतमा दायर गरिएको उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा हाप्सवर्ग समूहका केही राजनीतिज्ञ अर्थात् कुनै समय रूससमर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घूस दिएको आरोप लगाइएको छ ।
मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा जनाइएको छ । सन् २०१२–०१३ मा प्रभावमा रहेको उक्त समूहले एक पूर्व युरोपियन चान्सलरसहित केही सदस्यले अमेरिकी विधायक तथा ह्वाइट हाउसका अधिकारीसँग समेत मिलेर राष्ट्रसंघमा बहस चलाएको दाबी गरेको थियो ।