बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

काठमाडौ :  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सुरेन्द्र भण्डारीको अध्यक्षतामा पाँच वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधव तिमिल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् । सञ्चालक सदस्यमा मनोज थापा मगर, तुलसीप्रसाद सापकोटा, शम्भुलाल श्रेष्ठ, चन्द्रप्रसाद थानी, सुरेन्द्रबहादुर शाह, तारा गुरुङ, सनिपकुमार भुझेल, नरेन्द्र विष्ट, हजुरी विष्ट निर्वाचित भएका छन् । त्यस्तै सुरेन्द्रमणि भण्डारी, पार्वती थापा, तीखवीर राई, जीवनकुमार राई, बलराम खनाल, भुपेन्द्र अधिकारी, शरदकुमार महर्जन, पुरुषोतम पहाडी निर्वाचित भएका हुन् ।

भोलाप्रसाद शर्मा खरेलको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । समितिमा कमला विष्ट, सुमनविक्रम थापा सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बर एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले बचत तथा ऋणमा मात्र नभई उत्पादन तथा व्यवसायमा जान आवश्यक बताइन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाका अवसरमा बोल्दै मल्लले अधिकांश बहुउद्देश्यीय सहकारी बचतमा मात्र केन्द्रीत भएको भन्दै उत्पादन तथा व्यवसायमा जान अपरिहार्य भएको बताइन् । ‘कम्तिमा पनि दुईतीनवटा व्यावसायिक काम गर्नुपर्ने उनको जोड थियो ।

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई अन्यौल सिर्जना गरेको भन्दै मल्लले समस्या पर्ने बुँदा संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । ‘सबै कुरा समेट्न नसके पनि अभियानका धेरै कुरा राख्न सकेका छौं, आगामी दिनमा संशोधन गरी सहकारीमैत्री बनाउन थप भूमिका खेल्नुपर्छ’ उनले भनिन् ।

सहकारी नियमावली बनाउने क्रममा चनाखो हुनुपर्ने उनको भनाई थियो । ‘ऐनले धेरै कुरा रजिष्ट्रारलाई दिएकाले नियमावली तथा मापदण्ड बनाउने क्रममा अभियान सक्रिय हुन जरुरी रहेको उनको भनाई थियो ।  २६ वर्षदेखि संशोधन हुन नसकेको सहकारी ऐन २०४८ तीन वर्ष लगाएर संशोधन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले लामो संघर्षपछि सहकारी ऐन आएको भन्दै आलोचना गरिहाल्नुपर्ने विषय नभएको बताए। ऐनको सजिलो र अफ्ठेरो दुवै भएको भन्दै सहकारीको गतिमा वाधा पर्ने कुरा संशोधन गरेर हटाउन सकिने बताए ।

पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठले सहकारीको नीतिगत कुरा राम्रो हुन सके सहकारी व्यावसायिक बन्न सक्ने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलालले बहुउद्देश्यीय सहकारी संस्था र संघ हुने नहुने आशंका बढेको बताए। ऐनले बचत तथा ऋणमा रुपान्तर गर्न दवाव दिएको भन्दै उक्त कुरा कार्यान्वयन गर्न समस्या रहेको उनको भनाई थियो । ‘ऐन तथा प्रस्तावित नियमावलीमा बहुउद्देश्यीय संघको परिकल्पना नहुनु दुखद कुरा हो’ उनले भने ।

 नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका कार्यवाहक अध्यक्ष गोविन्द शर्मा पौडेलले ऐनले नसमेटेका कुरा नियमावलीमा समेट्नुपर्ने बताउनुभयो । सहकारी उत्पादनमा जानुको विकल्प नभएको बताउनुभयो ।  कार्यक्रममा नेशनल कोअपरेटर्स एलाईन्सका अध्यक्ष डिल्ली तिवारीले केन्द्रीय संघलाई विशिष्ट बनाउन नयाँ नेतृत्वले जोड दिनुपर्ने बताउनुभयो । जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामशरण घिमिरेले व्यवसायिक संघमा राजनीति हावी हुन नहुने बताए । 

यसैबीच नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघको नेतृत्वमा सहकारी बैंक खोल्ने घोषणा गरेका छन् । सहकारी ऐनले बैंक खोल्ने अधिकार दिएको भन्दै संघकै नेतृत्वमा बैंक खोलिने र छिट्टै देशैभर सञ्चालनमा ल्याउने उनको भनाई थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.