एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही

एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही


काठमाडौं: वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् ।

मन्त्री पण्डितको सचिवालयका अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो ।

ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डिले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना तिराएका स्वकीय सचिव ओसिस आलोमले जानकारी दिए । ‘ती होटललाई छिट्टै मापदण्ड पूरा गर्न पनि निर्देशन दिइएको छ’, आलमले भने ।

सिमेन्ट उद्योगलाई पनि कारवाही

त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।

वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।

त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाडौं, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाडौं मोडेल अस्पताल र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.