छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

अछाम : रामारोसन गाउँपालिका ३ मुजा बगरमा आज ट्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामारोसन गाउँपालिकाकी कलशी साउथ र नरु भण्डारी हुन्।

सिलाइकटाइका काममा जाँदै गर्दा से १ त ३१४८ नं को ट्याक्टर दुर्घटनामा अन्य दुईजना घाइते भएकाको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ।राजविराज– सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान दुईजनाको मृत्यु भएको छ।

फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किदा दुर्घटना हुँदा मोटरसाइकल चालक उदायपुर, बोल्का नगरपालिका, तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.