जियाको चुरीफुरी

जियाको चुरीफुरी

काठमाडौं : बहुप्रतीक्षित ‘कृ'ले धेरैको अपेक्षामा पानी खनाइदियो। दुई वर्षदेखि के–के न होला भनेर कुरेका दर्शक फिल्म हेरेपछि खिस्स छन् तर पनि सामाजिक सञ्जालमा जिया केसी फिल्मलाई भूतो न भविष्यति प्रमाणित गर्न लागिपरेकी छिन्। फेसबुकमा उनको सक्रियता हेर्दा लाग्छ, जिया केसी नै ‘कृ'मा सर्वेसर्वा हुन्। यसको राम्रो/ नराम्रोको जस सब उनको टाउकोमा आउँछ।

भुवन केसी र जिया केसीको सम्बन्ध अहिले पनि सस्पेन्स नै छ। तर, ‘कृ'मा उनको चिन्ता यति झल्कियो कि जति चिन्ता अनमोल स्वयंले आफ्नो बारेमा गरेनन् होला। अनमोलका साख्खै मातापिता पनि यो मामलामा पछि नै रहे। जियाको तुलनामा न सुष्मिता बमजनले ‘कृ'का सामग्री सेयर गरिन्, न भुवन केसीले। अनमोलसम्बन्धी आएका समाचारमा ‘जय कृ' लेख्नेदेखि लिएर मानिसले फिल्ममाथि गर्ने टिप्पणीमा समेत उनको कमेन्ट थियो।

त्यसो त यो पटक जियाले सेटमै गएर सुरेन्द्र पौडेललाई समेत निर्देशन गर्न सिकाएको चर्चा थियो। सत्य जेसकै होस् तर यो साल जियाको चुरीफरी हेर्दा उनले एक तीरले दुई निशाना हान्न लागे जस्तो छ। दुनियाँका लागि पनि आफूलाई अनमोलको शुभचिन्तक प्रमाणित गर्ने र अनमोलको नजरमा पनि आफ्नो भाउ बढाउने। भुवन केसीसँगको संगतको असर जियामा पनि देखिन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.