हृदयघातले लग्यो श्रीदेवीलाई, यी हुन् खतरनाक ६ लक्षण !

हृदयघातले लग्यो श्रीदेवीलाई, यी हुन् खतरनाक ६ लक्षण !

एजेन्सी: बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यकर्मीहरुले हृदयघात मानिसलाई जुनसुकै बेला पनि हुन सक्ने बताउने गरेका छन् ।

तर तपाईँलाई थाहा छ ? हृदयघात हुने सं‌केत एक महिना भन्दा पहिलेदेखि नै मिलिसकेको हुन्छ । हृदयघातका लक्षणबारेमा आउनुस् बिस्तृतमा चर्चा गरौँ ।

च्यापु, दाँत तथा टाउको दुख्नु : मानिसहरु केही रोगले सतायो भने सबैभन्दा पहिले टाउको दुखेको भन्दै समातेर बस्छन् । हृदयघातका कयौँ बिरामीलाई पनि छाति र टाउको दुख्नुका साथै हात, घाँटी, च्यापु, दाँत तथा टाउको दुखेको गुनासो चिकित्सकसँग गर्ने गरेका छन् । यदि तपाईँलाई पनि यस्तै प्रकारको समस्या आइ लाग्यो भने तत्कालै स्वास्थ्य जाँच गरी जानु जरुरी छ।

छाति दुख्ने र जलन: यदि तपाईको छातिमा लगातार पीडा तथा तनाव भयो भने तपाईँलाई हृदयघातको लक्षण दिएको हुन सक्छ । निरन्तर छातिको दुखाई भयो भने चिकित्सकहाँ परामर्श लिइजानुपर्छ ।

श्वास लिनमा सस्या: श्वास लिन समस्या भइरहेको छ या पुर्णरुपमा श्वास लिइसकेपछि पनि तपाईँलाई श्वासको कमी भइरहेको छ भने यसलाई पनि हृदयघातको संकेतका रुपमा बुझ्नुपर्छ ।

बान्ता: पटक पटक बान्ता र पेटमा पीडा हुन्छ भने यसलाई पनि हृदयघात भन्दा पहिला देखिन लक्षणका रुपमा बुझेर सावधानी अपनाउनुपर्छ ।

काँधमा पीडा: हातका अलावा यदि लगातार तपाईँको काँधमा पनि पीडा भइरहेको या ढाडको माथिल्लो भागमा पनि पीडा हुँदैछ भने सावधानी अपनाउनुपर्छ । यदि तपाईँलाई पनि यस्तो भएको छ भने यसलाई हृदयघात भन्दा पहिलेको लक्षणका रुपमा बुझ्नुपर्छ ।

पसिना: शरिरबाट अत्यधिक मात्रामा पसिना निस्कनु पनि हृदयघातको लक्षण हो । यदि यस्तो भएको छ भने पनि सचेत हुनु जरुरी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.