स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै
एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ ।
समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही मार्चमा लिलामी हुने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया पनि पुरा भइसकेको छ । जब्सको यो बायोडाटा ५१ लाख नेपाली रुपैयाँ (५० हजार अमेरिकन डलर) मा बिक्ने बताइएको छ ।
समाचार अनुसार स्टिभ जब्सले यो सिमी सन् १९७३ मा बनाएका थिए । एक पन्नाको यस सिभिमा स्पेलिङ्ग मिस्टेकदेखि लिएर कयौँ अन्य किसिमका गल्ती पनि छन् ।
यस बायोडाटामा स्टिभ जब्सले 'एप्लिकेसन लिस्ट' को स्थानमा आफ्नो नाम लेखेका छन् । त्यसैगरी आफ्नो ठेगानामा पनि रीड कलेज लेखेका छन् । यो त्यही कलेज हो जहाँ स्टिभ जब्सले केही समयका लागि पढेका थिए ।
स्टिभ जब्सले बायोडाटामा इलेक्ट्रानिक्स टेक र डिजाइन इन्जिनियरलाई आफ्नो विशेष खुबीका रुपमा उल्लेख गरेका थिए । साथै उनले 'के कम्युटरबारे ज्ञान छ ?' भनेर सोधिएको स्थानमा 'थाहा छ' लेखिदिएका थिए ।
पहिलो जागिरका लागि निवेदन दिएको तीन सालपछि उनले आफ्ना साथीसँग मिलेर आईफोनको उत्पादक एप्पल कम्पनी शुरू गरेका थिए । स्टिभ जब्सको पहिलो बायोडाटाको लिलामी ८ देखि १५ मार्चको बीचमा हुनेछ । उस लिलामीमा जब्ससँग जोडिएका अन्य कयौँ सामान पनि रहेका छन् ।
Our trio of Steve Jobs items at auction is getting a lot of international attention. Read all about it here: https://t.co/BBAQA8pNHr -- Bidding starts March 8; preview all the items here: https://t.co/ZgwRsYcFqW #RRAuction #SteveJobs #Apple pic.twitter.com/Oo11qB0bVy
— RR Auction (@RRAuction) February 23, 2018