नेविसंघ विधान कार्यान्वन गर्न माग गर्दै सभापति देउवाविरुद्ध नाराबाजी
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ विधान अनुसार सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । आइतबार दिउँसो पार्टी मुख्यालयमा पुगेका सभापति देउवालाई घेरेर नेविसंघका नेता तथा कार्यकर्ताले विधान अनुसार सञ्चालन गर्न माग गरेका हुन् । विवादका कारण नेविसंघले विधान कार्यान्वयन नगरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ता सभापति देउवाविरुद्ध नाराबाजी गर्दै पार्टी हुन् । तस्बिरः रोशन सापकोटा, रासस